सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव र नेपाल स्काउटका राष्ट्रीय संयोजकबीच कार्यसम्पादन करार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, बजेट एवम् वार्षिक विकास कार्यक्रम लाई समयमै सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्य सहित नेपाल स्काउटका प्रमुख स्काउट माननीय मन्त्रीज्युको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल स्काउटका राष्ट्रीय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम समयसीमा रही सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रमुख स्काउट तथा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज `अथक´ ले मन्त्रालय मातहतका निकायका प्रमुख तथा कर्मचारी प्रमुखहरुलाई निर्देशन दिँदै मन्त्रालयलाई सफल तुल्याउन सबै निकायले सम्झौता बामोजिम शतप्रतिशत भौतिक तथा आर्थिक प्रगती हाँसील गर्न लागीपर्न जोड दिनुभएको थियो । समारोहमा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

