सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको ओख्रेनी माध्यमिक विद्यालयले आइ सि टि ल्याब उत्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं क्षेत्र नम्बर ३ का पुर्व संघीय सांसद कृष्ण राईले आइसिटि ल्याबको रिमोट थिचेर उद्घाटन गरेका हुन् ।





ओख्रेनी स्कुलका सुचना प्रविधी प्रमुख दुर्लव घिमिरेले आइ सि टि ल्याबको सान्दर्भिकता र त्यसबाट हुने लाभको बारेमा प्रकाश पारेका थिए ।
कक्षा ११ र १२ का विद्यार्थीलाई शिक्षा दिँदा पुरानो प्रविधि हुँदा अफ्ट्यारो भएको र अहिले बनेको आइ सि टि ल्याबका कारण २२ मध्य १९ विद्यार्थीलाई उतिर्ण गराउन सफल भएको बताउनु भएको थियो ।
ओख्रेनी स्कुलमा जडान भएको आइ सि टि ल्याबले ओख्रेनी स्कुलकालाई विद्यार्थीको आकर्षण बढाउन सफल हुने धारण सुचना प्रविधी प्रमुख दुर्लव घिमिरेले ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले आइ सि टि ल्याब विद्यार्थीको क्षमता अभिवृद्धि गर्न कोषेढुंगा सावित हुने धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रमका विषेश अतिथी एवम् बागमती प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले आफुले सुन्दरीजलका विद्यार्थीको विश्वबजारमा बिक्न सक्ने विद्यार्थी उत्पादन गर्न सहयोग होस् भनेर आफुले रकम विनियोजन गरेको र सो ल्याबको सही सदुपयोग गर्न अनुरोध समेत गरेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कृष्ण राईले रामेश्वर फुयाललाई धन्यवाद दिँदै शिक्षक एवम् विद्यार्थीलाई ल्याबबाट सकेकी लाभ लिन अनुरोध गरेका थिए ।

विद्यालयका शिक्षक राजकुमार फुयालले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिता शिम्खडाले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।
