सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर ६ का जनतालाई अनावश्यक दुख दिएको भन्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको विरुद्धमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले आवाज उठाएका छन् । गोकर्णेश्वर अनलाइनका प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै नवराज लामाले गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुख खोलेका हुन् ।
जनतालाई अनावश्यक दुख दिएको खबर आफुले प्राप्त गरेकोले अनावश्यक दुख दिन खोजे त्यसको प्रतिकार गर्ने वडा अध्यक्ष नवराज लामाले बताए । हेर्नुस् गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले गोकर्णेश्वर अनलाइनका प्रधान सम्पादक सुदर्शन बजगाईसंग गरेको कुराकानीको संपादित अंश :
