• Saturday 25th of July 2026

प्रतिनिधिसभा सदस्य आले र राईद्वारा सपथ


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले आज सपथ ग्रहण गर्नुभएको छ ।

आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरामार्फत् उहाँहरुले सपथ लिनुभएको हो ।

गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको सपथ समारोहमा आले र राई अनुपस्थित हुनुहुन्थ्यो । आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना हुनुभएकाले उहाँहरुले आज सपथ लिनुभएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology