सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर फुयालले काठमाडौं इन्चार्जको जिम्मेवारी पाएका छन् ।
नेकपा एमालेको सचिवालयले फुयाललाई सो जिम्मेवारी दिएको हो ।
१५ वर्ष नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको नेतृत्व गरेका रामेश्वर फुयालले हालै सम्पन्न नेकपा एमालेको ११ औं महाधिवेशनमा उपत्यका क्लस्टरमा १५१२ मत ल्याउँदै आफ्नो क्लस्टरमा सर्वाधिक मत प्राप्त गरेका थिए ।
