• Tuesday 8th of September 2026

भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश


  • गोकर्णेश्वर अनलाइन

नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो ।

गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology