• Saturday 25th of July 2026

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन हुनुभएको छ ।

रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो ।

संसदीय दलको उपनेतामा चयन हुनुभएका श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८ बाट प्रतक्ष्य निर्वाचित सांसद हुनुहुन्छ भने प्रमुख सचेतकमा चयन हुनुभएका परियार समानुपातिक सांसद हुनुहुन्छ । रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसक्नुभएको छ । पार्टीबाट हाल प्रतिनिधिसभामा बीस जना सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology