• Saturday 25th of July 2026

माओवादी बैठक : पार्टीको सङ्गठनबारे छलफल


  • गोकर्णेश्वर अनलाइन

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टीको सङ्गठनसम्बन्धी विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा सङ्गठनसम्बन्धी विषयमा छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठक पुनः मङ्गलबार बस्नेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएपछिको अवस्था, सरकारको काम कारबाही एवं अन्य वामपन्थी दलसँग पार्टी एकताका सम्बन्धमा भएका राजनीतिक विषयमा भइरहेका छलफललगायतका विषयमा स्थायी समितिको बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै प्रवक्ता महराले छलफल जारी रहेको बताउनुभयो । सञ्चारकर्मीले सोधेको एक प्रश्नको जिज्ञासामा प्रवक्ता महराले गृहमन्त्रीको विषय सरकारको विषय भएको बताउनुभयो ।

“यो सरकारको विषय हो, प्रधानमन्त्रीले मिलाउनुहोला । यद्यपि स्थायी समिति बैठकमा त्यसबारेमा छलफल होला नै”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology