• Friday 24th of July 2026

सुरु भयो विद्या आर्जन खेल सप्ताह


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण मिडिया । विद्या आर्जन स्कुल बाबा चोक मुलपानीले आयोजना गरेको खेल सप्ताह सुरु भएको छ । माघ १७ गते कागेस्वरी मनोहरा नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख विमल निरौलाको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाहालको सभापतित्वमा कर्यक्रम सम्पन्न भएको हो ।

No description available.

विद्यार्थीलाई राष्ट्रिय झन्डा र स्कुल एवम् हाउस झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको उत्घाटन गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनेन्द्र भट्टराईले स्वागत मन्तव्य राख्दै स्कुलको खेल क्षेत्रमा कृयाशिलताको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कागेस्वरी प्याबसनका अध्यक्ष श्रीराम दाहाल,नेपाल स्काउटका मिडिया प्रमुख सुदर्शन बजगाई लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

No description available.

कार्यक्रमा बोल्दै प्रमुख अतिथी कागेस्वरी मनोहरा नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुखले विद्यालयले खेल क्षेत्रलाई अगाडि बढाउन गरेको कोशिशको प्रशंसा गरेका थिए । नगरपालिकाले गर्नुपर्ने काम विद्यालय आफैले गरेको देख्दा नगरपालिका खुसी भएको धारणा विमल निरौलाले राखेका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य र कवाज कला पर्दशन गरेका थिए ।

No description available.

No description available.

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology