• Friday 24th of July 2026

अमेरिकाको २० युनिभर्सिटी नेपालमा,जेभियरका विद्यार्थी अब सोझै अमेरिकाको युनिभर्सिटीमा पढ्न पाउने


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण मिडिया । कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजमा अमेरिकाका २० युनिभर्सिटीले शैक्षिक पर्दशनी गरेका छन् ।

आज एक भव्य कार्यक्रमका साथ सो पर्दशनी आयोजना गरिएको हो ।

अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीको सहजीकरणकालागी कार्यक्रम आयोजना गरिएको जेभियर इन्टरनेशनल कलेजका सिइओ लोक बहादुर भण्डारीले बताए ।

पर्दशनीमा अमेरिकाका USEF नेपाल र एजुकेसन युएस ले प्रदान गर्ने छात्रवृत्तिमा हरेक वर्ष जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने भएकाले अमेरिकी युनिभर्सिटीको रोजाईमा जेभियर इन्टरनेशनल कलेज परेको कलेजका प्रधानाध्यापक दिपेन दाहालले आशाका किरण मिडियालाई बताए ।


शैक्षिक मेलामा सहभागी भए पश्चात् विद्यार्थीहरुले कलेजले महत्त्वपूर्ण अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । शैक्षिक पर्दशनीमा हजारौं विद्याले अमेरिकाको २० युनिभर्सिटीको स्टल अवलोकन गरेका थिए ।

जेभियरलाई शैक्षिक पर्दशनी गर्ने मौका प्रदान गरेकोमा सिईओ लोक बहादुर भण्डारीले एजुकेसन युएस र USEF नेपाललाई धन्यवाद ज्ञापन गरे ।

नेपालका विद्यार्थीसंग सोझै अन्तरक्रिया गर्न पाउँदा न्यानो आतिथ्यता प्राप्त गरेका अमेरिकाका युनिभर्सिटीका प्रतिनिधि समेत दंग देखिन्थे ।

शैक्षिक मेला उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थीहरुको लागि कोशेढुंगा सावित हुने जेभियर इन्टरनेशनल कलेजको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology