सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेकपा एमालेको असोज ८ र ९ गते हुने बागमती प्रदेश अधिवेशनमा प्रतिनिधित्व गर्न नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीले प्रतिनिधिको टुंगो लगाएको छ । कार्यकर्तालाई ११ बजे निर्वाचन प्रक्रियामा सहभागी हुन मदन भण्डारी मेमोरियल स्कुल बोलाएर करिब २ बजे सहमतीको नाम वाचन गरिएको थियो । आफ्नो मताधिकार प्रयोग गर्न पाईन्छ भनेर खुसी भएर मदन भण्डारी स्कुल आएका एमालेका संगठित सदश्यहरु नेताले आफ्नो जुँगा जोगाउन गरेको सहमतीलाई बाध्य भएर स्विकार्दै घर फर्केका थिए । जनताको बहुदलिय जनवाद मान्ने पार्टीमा प्रतिस्पर्धा नहुने देखेर कार्यकर्ता निराश भएको थाहा हुँदा हुँदै एमाले पोलिटब्युरो सदश्य कृष्ण राईको उपस्थितिमा नेकपा एमाले गोकर्णेश्वर नगर कमिटी अध्यक्ष उद्धव विष्टले बागमती प्रदेश अधिवेशन प्रतिनिधिको नाम सुनाएका थिए । गोकर्णेश्वरबाट पुरुषतर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ का वडा सदस्य केशव सिम्खडा,संसदीय चुनाव अधी नेकपा माओवादीबाट र नेकपा एकीकृत समाजबादीबाट एमाले प्रवेश गरेका पेमा छिरी शेर्पा र मन्दीर तिमल्सिना र डा विदुर चालिसे सर्वसम्मत चयन भयो भनेर नाम सुनाईएको थियो । त्यस्तै महिला तर्फ प्रतिनिधि सभा सदस्य शान्ती श्रेस्ठ,तारा पुडासैनी र गिता कट्टेलको नाममा सहमती भएको कार्यकर्तालाई जानकारी गराईएको थियो । कार्यकर्ताबाट अनुमोदित नहुने डरले यसो गरेको अधिकांश कार्यकर्ताको गुनासो हुँदाहुँदै नाम सुनाईएको थियो । के कार्यकर्तालाई आफ्नो नेता छान्ने अधिकारबाट बन्चित गराएर घोषणा गरिएको नेतृत्वबाट शाख गिराएको एमाले गोकर्णेश्वरले न्याय पाउला त त्यो समयले बताउनेछ । पुरुषतर्फ हरिकृष्ण श्रेस्ठ,गोकुल विष्ट,तुलसी पौडेल र दिपेन्द्र लामाले र महिलातर्फ सान्नानी लामा,कल्पना राजचल श्रेस्ठ र विसा गुरुङले सहमतीमा बाधक नबन्ने भन्दै विभिन्न प्रलोभन र आश्वासनमा उम्मेदवारीबाट पछी हटेको जानकारहरु बताउँछन् ।
