सुदर्शन बजगाई,आशाका किरण समाचार । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको अक्षरा स्कुलले आयोजना गरेको किड्स कार्निभल सम्पन्न भएको छ । ससाना बालबालिकालाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम बालबालिकामा उत्साह भर्दै सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख आकर्षण घोडा सवारी,चित्रकला पर्दशनी र बालबालिका दंग हुने खालका खेल हरु रहेका थिए । कार्यक्रम विद्यार्थीलाई अक्षरा स्कुलको बारेमा जान्न चाहने अभिभावक र उनीहरुका बालबालिकालाई लक्षित गरेर आयोजना गरिएको आयोजकको दाबी छ ।
विद्यार्थीलाई अक्षरा स्कुलले प्रदान गर्ने युग सुहाउँदो शिक्षा र विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न अक्षराको प्रयास समेत जानकारी अभिभावकलाई होस् र बालबालिकाले भरपुर मनोरञ्जन लिउन् भनेर किड्स कार्निभल आयोजना गरिएको विद्यालयकी संस्थापक एवम् कार्यकारी निर्देशक अन्जु भट्टराईले आशाका किरण मिडियालाई बताइन् ।

कार्यक्रममा बुक स्टल,मोमो स्टल,कफी स्टल,बालबालिकाको खेल सामाग्री बिक्री स्टल लगायतको प्रवन्ध गरिएको थियो । कार्यक्रममा ३ हजार बढीले सहभागिता जनाएको विद्यालयको दाबी छ ।
बालबालिकाले आफ्नो अनुहारमा फेस पेन्टिङ समेत गराएका थिए । अक्षरा स्कुलले किड्स इन्साईडरसंगको सहकार्यमा कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक मिलन केसीले बताउनुभयो ।
स्थापना कालको छोटो अवधीमै अलग पहिचान बनाउन सफल अक्षरा स्कुल काठमाडौंको उत्कृष्ट शैक्षिक गन्तव्य मध्यको एक हो ।
