सुदर्शन बजगाई,आशाका किरण समाचार । जेभियर इन्टरनेशनल स्कुल चावाहिलले आगामी शैक्षिक सत्रकोलागि कक्षा १ को प्रवेश परीक्षा सम्पन्न गरेको छ ।
चावाहिलको शान्त ठाउँ मैजुवाहालमा रहेको स्कुलले शैक्षिक सत्र २०८१ को लागि प्रवेश परीक्षा संचालन गरेको हो । कक्षा १ को सिमित सिटकोलागि संचालन गरिएको प्रवेश परिक्षामा झण्डै ५०० बालबालिकाले परीक्षा दिएका थिए ।
परिक्षाको नतिजा जेभियर इन्टरनेशनल स्कुलको वेभसाईटमार्फत सार्वजनिक गरिने र उतिर्ण विद्यार्थीको अभिभावकलाई फोन र एस एम एस मार्फत जानकारी गराईने विद्यालयले जनाएको छ ।

सुविधा सम्पन्न अत्याधुनिक भवन, प्रविधीमैत्री कक्षा कोठा,स्विमिङ पुल,बास्केटबल कोर्ट,फुट्सल एरिना,स्टार होटेल सरहको क्यान्टिन,योगा र नृत्य कक्षा,लेटेस्ट जेनेरेशन कम्प्युटर ल्याब र अनुभवी शिक्षक शिक्षिकाबाट अध्यन अध्यापन गराईने भएकाले जेभियर अभिभावकको रोजाईमा पर्न थालेको हो ।
जेभियरमा म्युजिक क्लब,डान्स क्लब,योगा क्लब,स्काउट,आर्ट एन्ड क्राफ्ट,स्विमिङ क्लब,बास्केटबल क्लब,फुटबल क्लब,साइन्स क्लब,लिट्रेचर क्लब,जुनियर रेड्क्रस,रोबोटिक क्लब संचालनमा छन् । जेभियर स्कुल काठमाडौंको पुर्वी भेगको उत्कृष्ट शैक्षिक गन्तब्य हो ।
