सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ र ६ मा खुलेलाम लागू औषध कारोबार हुने गरेको पाईएको छ ।
स्थानियले प्रहरीलाई सूचना दिएर पटक पटक पक्राउ गरेतापनी पक्राउ परेको केही क्षणमानै कारोबारमा संलग्न छुट्ने गरेको स्थानिय बताउँछन् ।
महानगरीय प्रहरी प्रभाग बौद्धका प्रमुख आफैं आएर पटक पटक समातेर लगेपनी कारोबार नरोकीएको स्थानियको दाबी छ ।
ट्यापे मुन्द्रे केटाहरु आएर मुख छाड्ने,चुरोट गाँजा खाने र मन्लाग्दी बोल्दा महिला र बालबालिकालाई नकारात्मक प्रभाव पारेको र समाजलाईनै खतरा बढेको स्थानिय बताउँछन् ।
सिरिन्ज ,गाँजा र ट्याबलेटको ठूलो कारोबार जोरपाटी आसपास हुने गरेको श्रोतको दबी छ ।
वडा अध्यक्ष ,नगर प्रमुख लगायतलाई पटक पटक जानकारी गराउँदा समेत समश्या समाधान नभएको र त्यसको बिरोध गर्ने स्थानियलाई समेत सुरक्षा चुनौती बढ्दै गएको स्थानिय बताउँछन् ।
सबै स्थानियले साथ दिए यस्ता समश्या समाधान गर्न सकिने महानगरीय प्रहरी बृत बौद्धका कार्यालय प्रमुख प्र.ना.उ.राजु पाण्डेले गोकर्णेश्वर अनलाइनलाई बताए ।
बौद्धका महानगरीय प्रहरी बृतका प्रमुख पाण्डे आफैं फिल्डमा खटेर पटक पटक कारबाही गरेतापनी सो समश्या नरोकिएको हो ।
जोरपाटी ओरालोबाट शंकर चोक जाने बाटो,स्तुपा कलेजको गल्ली र बज्रबाराही स्वीट संगैको गल्लीमा प्रहरीले पटक पटक छापा मारेतापनी प्रहरी आउँदा भाग्ने तर प्रहरी गएपछि सो क्रम नरोकिएको स्थानियको गुनासो छ ।
प्रहरीले सुरक्षा सतर्कता बढाए सो रोकिने स्थानियको तर्क छ ।
सामान्य सोधपुछ भन्दा लागू औषध कारोबार गर्ने नाईके पत्ता लगाएर कानुनी दायरामा ल्याउने सके दुर्ब्यसनी घट्ने र समाजमा अमन चयन कायम गर्न सकिने स्थानिय बताउँछन् ।
