सुदर्शन बजगाई,आशाका किरण समाचार। निजि तथा आवसिय विद्यालय संघ नेपाल(प्याब्सन) काठमाडौं मातहतको प्याब्सन गोकर्णेश्वर नगर कमिटीको दोस्रो अधिवेशनले डि एन सिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत कमिटी निर्वाचित गरेको छ । असोज २० गते जोरपाटीको पिस ब्यान्केटमा भएको दोश्रो साधारण सभाले अध्यक्षमा डि.एन सिवाकोटी, उपाध्यक्षमा मेनुका घिमिरे, सचिबमा सुदिप अधिकारी, कोषाध्यक्षमा बच्चुराम चौलागाईं, सह सचिबमा नेत्र प्रसाद दाहाल, सह-कोषाध्यक्षमा छेवाङ छेदर भुटिया र सदस्यहरुमा पदमा रिजाल, देवेन्द्र चन्द, राजभाई धौगोडा,दावा तामाङ र तुलसा थापा मगरलाई सर्बसम्मत निर्बाचित गरेको हो ।निवर्तमान गोकर्णेश्वर प्याब्सनका अध्यक्ष मदन सुवेदीले निर्वाचित पदाधिकारीलाई माइनुट सुम्पिएका थिए ।
