• Monday 27th of July 2026

कोेरोनाबाट बेलायतमा एकै दिन करिब ५० हजार जना सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

४ कात्तिक, (रासस÷एएफपी) : बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित भएका छन् । प्राप्त समाचाअनुसार गएको २४ घन्टायतामात्र यहाँ थप ४९ हजार १३९ जना कोरोना सङ्क्रमित भएका छन् ।यहाँ तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै सख्यामा सङ्क्रमित भेटिएका बताइएको छ । बुधबार यहाँ यतिधेरै सङ्क्रमितहरु भ्ेटिएपछि बेलायतका अधिकारीहरुले यहाँ कोरोना सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार पनि यहाँ ४९ हजार जना संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका थिए ।

यहाँ देखिएको यो संख्या महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा सङ्क्रमण झन् बढेको पाइएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ८५ लाख ८९ हजार पुगेको पनि जनाएका छन् ।स्वास्थ्य मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १७९ जनाको निधन भएको छ । यो समेतगरी १ लाख ३९ हजारभन्दा धेरै मानिसको यो संक्रमणबाट ज्यान गएको हो ।

महिनौँपछि ठूलो सङ्ख्याका सङ्क्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ । स्वास्थ्य अधिकारीले धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् ।यसै बीच बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले यहाँको सरकारलाई बेलायतमा हिँड्डूलमा कडाई गर्न तथा अन्य सामाजिक गतिविधिहरुमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology