सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेले गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा मधु तामाङको नेतृत्वमा २६ सदस्यीय सर्वसम्मत कमिटी चयन गरेको छ ।
गाेकर्णेश्वर नपा वडा नं २ काे प्रथम ऐतिहासिक वडा अधिवेशनबाट मधु तामाङ अध्यक्षमा कृष्णहरी श्रेष्ठ उपाध्यक्षमा, राजेन्द्र भण्डारी सचिवमा र मायाँ तामाङ र सरस्वती सुनार उपसचिवमा लगाएत २६ सदस्यीय कमिटी चयन सर्वसम्मत रुमपा चयन भएका हुन् । कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
