• Monday 27th of July 2026

सुनको मूल्यमा सामान्य वृद्धीः चाँदीको स्थिर


  • गोकर्णेश्वर अनलाइन

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९४ हजार तोकिएको छ । बुधबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २८० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology