• Friday 24th of July 2026

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ को सभापतिमा सन्तोष चालिसे विजयी


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई, गोकर्णेश्वर अनलाइन।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ को सभापतिमा सन्तोष चालिसे पुरै प्यानल सहित निर्वाचित हुनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ३  को अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार चालिसे २०५  मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी दिपेन्द्र लामाले १५९ मत प्राप्त गर्नुभयो । यस्तै, सचिवमा दीपक रिसाल र भुवन लामा ,सहसचिवमा सुदिप पण्डित क्षेत्री र अमृत खड्का विजयी हुनुभएको छ ।

कसले पाए कति मत  ? 

सभापति

१)सन्तोष चालिसे :२०५

२)दिपेन्द्र लामा :१५९

सचिव

१)दिपक रिसाल :२१३

२) भूवन लामा:१८५

३)मनोज ढुंगाना :१७७

४) दिनेश अर्याल:१३६

सह सचिव :

१) सुदिप पण्डित क्षेत्री:१९२

२)अमृत खड्का:१८०

३) प्रेम प्रसाद श्रेष्ठ: १६५

४) श्री बहादुर योगी :१६५

सदस्यहरु :

उमादेवि थापा : १४७

उमिला सापकोटा:१४६

देवकी ढकाल:१३३

मञ्जु पुडासैनी :१९१

दिपक ढुंगाना :१८२

नारायण हरी फुयाल:१५५

पुजा निरौला :१९०

मैया नायाजु :१६७

युवराज भुजेल:१६४

सुरज ढुंगाना:१५१

अर्जुन सापकोटा :१३५

नितेश पोखरेल :१९२

मुक्तिनाथ डोटेल :१२७

राजेश अधिकारी :२०९

तारा खड्का थापा :१२८

देवकी खड्का :२१

मोनिका खतिवडा : १७०

वुद्धिमान तामाङ : १५५

विनोद गुरुङ : १७५

विमान लामा :१८२

राजेश श्रेष्ठ :१२६

धनकान्छी श्रेष्ठ :१४५

प्रमिला शेर्पा :१८५

कमला बयलकोटी :१८७

सानु मिजार:१४२

कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ८ को सोमबार सम्पन्न अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ११९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्द्धी तेविन्द्र शाक्यले ४९ मत प्राप्त गर्नुभयो । यस्तै, सचिवमा पुष्करराज पाण्डे र शङ्कर पुडासैनी, सहसचिवमा राज्यराज वन्त र उज्वल पनेरु विजयी हुनुभएको छ ।

यस्तै, महाधिवेशन प्रतिनिधि खुला पुरुषतर्फ किरणकृष्ण जोशी, विजयगोपाल श्रेष्ठ, केदार मानन्धर, देवरत्न डङ्गोल, बुद्धिमान बलामी, रवीन्द्रलाल श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मीनारायण मानन्धर, रोमन श्रेष्ठ र धर्मरत्न पाछे विजयी हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधि खस आर्य पुरुषतर्फ राजुराज जोशी, मोहनबहादुर बस्नेत र गोविन्द पाण्डे, महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ सपना राजभण्डारी जोशी, राज्यलक्ष्मी श्रेष्ठ, सरिता श्रेष्ठ र लक्ष्मी पाण्डे निर्वाचित हुनुभएको छ ।

आदिवासी जनजाती महिलातर्फ छोरी डङ्गोल र कृष्णा अमात्य, दलित प्रतिनिधिमा महेश नेपाली निर्वाचित हुनुभएको छ ।

यसअघि अपाङ्गता कोटामा विष्णुलाल श्रेष्ठ, खस आर्य महिला शोभा जोशी, जनजाती पुरुष सुदर्शनमान सिंह, मुस्लिम हरुण रसिद मुस्लिम, खस आर्य महिला अलिना बस्नेत र जनजाती पुरुषमा प्रचण्डदेव मानन्धर निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनः कञ्चनपुर मत परिणाम

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा गोपीप्रसाद उपाध्यक्ष, निर्वाचन क्षेत्र नं २ को सभापतिमा लालबहादुर सिंह र निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द विजयी हुनुभएको छ ।

आज सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा निर्वाचित उपाध्यायले २६७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी हरि चन्द ठकुरीले २२९ मत प्राप्त गर्नुभयो ।

सचिवमा बिसराम राना र पदमबहादुर रोकाया विजयी हुनुभएको छ । सहसचिव पदमा सुरेन्द्र राना र हर्कबहादुर विष्ट (हार्दिक) विजयी हुनुभएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा विजयी हुनुभएका सिंहले ३४१ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी नवराज जोशीले १५७ मत ल्याएउनुभएको छ ।

क्षेत्रीय सचिवमा गणेशबहादुर विष्ट र थानेश्वरप्रसाद भट्ट विजयी हुनुभएको छ । सहसचिव पदमा काशीराम भाट र रमेशप्रसाद भट्ट विजयी हुनुुभएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा केशवबहादुर चन्द विजयी हुनुभएको छ ।

चन्द प्यालनसहित विजयी हुनुभएको हो । चन्दले ३३० मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गणेश नेगीले १९३ मत ल्याउनुभयो ।

सचिवमा उमेशप्रसाद जोशी र गङ्गादत्त भट्ट विजयी हुुनुभएको छ । सहसचिवमा अर्जुनदत्त भट्ट र खड्कबहादुर बस्नेत विजयी हुुनुभएको हो ।

पार्टीका जिल्ला सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पार्टी सभापति हरिप्रसाद बोहरा पराजित हुनुभएको छ ।

बोहराले २४४ मत ल्याउनुभएको छ । पार्टी सभापति बोहरा ११ औँ नम्बरमा पर्नुभएको छ ।

बोहराले महाधिवेशन प्रतिनिधि जितेमा पुनः पार्टी सभापतिका लागि चुनावी मैदानमा ओर्लने चर्चा थियो । महाधिवेशन प्रतिनिधिबाटै पराजित भएपछि पुनः पार्टी सभापति हुने चर्चा त्यसै सेलाएको छ । पूर्व पार्टी सभापति बहादुरसिंह थापाले भने सर्वाधिक ३६६ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।

त्यस्तै पूर्वसंविधानसभा सदस्य बलदेव बोहरा १९० र पार्टीका पूर्व जिल्ला सचिव भोजराज बोहरा २१३ मत ल्याई पराजित हुनुभएको छ ।

दश जना खुल्ला महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा १९ जनाले उम्मेदवारी दिनुभएको थियो । निर्वाचन अधिकृत राजेन्द्रप्रसाद पाण्डेयका अनुसार महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा उद्धव बोहरा, चिन्तामणि भट्ट, टीका बैज, दलबहादुर बोहरा, दुर्गाप्रसाद भट्ट, पुष्करराज ओझा, बहादुरसिंह थापा, मीनबहादुर सिंह, लोकबहादुर देउवा र हेमराज ओझा रहनुभएको छ

। यसैगरी, नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित हुुनुभएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न मत गणनाअनुसार उहाँ महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो ।

नेकां केन्द्रीय सदस्य रमेश लेखक निकटको प्यानल बनाउन महत्वपूर्ण भूमिकामा रहेका जोशी जिल्ला सचिवमा मनोनीत हुनुअघि उहाँका स्वकीय सचिव हुुनुहुन्थ्यो । जोशीले १५० मत ल्याउँदा १० नम्बरमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित वीरबहादुर सुनारले १७८ मत ल्याउनुभएको छ ।

निर्वाचन क्षेत्र ३ बाट बेलबहादुर राना, यज्ञराज जोशी, प्रकाश थापा, दीपक सिंह, जङ्गबहादुर चन्द, खगेश्वर बोहरा, पदम बोगटी, आसिफ कुँवर, तारणीदत्त चटौत र वीरबहादुर सुनार खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा खड्का

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ को सभापतिमा श्यामबहादुर खड्का निर्वाचित हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार खड्काले १५० मत ल्याई विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी रमेशकुमार खड्काले १४० मत प्राप्त गर्नुभयो ।

यस्तै, सचिवमा रजनी थापा (१६७), पञ्चकुमारी श्रेष्ठ (१७७), सहसचिवमा राजु भण्डारी (१६८) र अञ्जना केसी महर्जनले (१२५) मत प्राप्त गरी विजयी हुनुभएको कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का निर्वाचन अधिकृत प्रदीपकुमार पोखरेलले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ क्षेत्र नं ५ मा ३२८ मतदाता रहेकोमा ३२१ मत खसेको थियो । क्षेत्रीय कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

यस्तै, मतदान प्रक्रियाबाट २६ जना महाधिवेशन प्रतिनिधि समेत छनोट भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology