• Saturday 25th of July 2026

जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आयोजना हुँदै


  • गोकर्णेश्वर अनलाइन

चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जिल्लामा फुटबलको गतिविधि न्यून हुँदै गइरहेको अवस्थामा यो प्रतियोगिता आयोजना गरिएको सङ्घका महासचिव रामहरि ढकालले बताउनुभयो । भरतपुर–७ को कृष्णपुर खेल मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल खेलाइने छ । प्रतियोगिता अवधिभर लिग चरणका ३६ सहित सेमिफाइनल र फाइलन गरी जम्मा ३९ वटा खेल खेलाइने भएको छ ।

प्रतियोगितामा पहिलो हुन टोलीले रु एक लाख, दोस्रो हुनेले रु ५० हजार र तेस्रो तथा चौथो हुनेले रु २५÷२५ हजार सहित ट्रफी पदक र प्रमाणपत्र पाउने सङ्घका अध्यक्ष श्रीकृष्ण कार्कीले बताउनुभयो ।
हरेक खेलका उत्कृष्ट खेलाडीलाई ‘मोस्ट भ्यालुएबल प्लेयर अफ द म्याच’ घोषणा गर्दै रु एक हजार, प्रतियोगिता अवधिभरको सर्वाधिक गोलकर्ता खेलाडीलाई रु पाँच हजारसहित गोल्डेन बुट, सर्वोत्कृष्ट गोल रक्षकलाई रु पाँच हजारसहित गोल्डेन ग्लोब्स तथा सर्वोत्कृष्ट खेलाडीलाई रु पाँच हजारसहित गोल्डेन बल प्रदान गरिने उहाँको भनाइ थियो ।
प्रतियोगिता सम्पन्न गर्न रु सात लाख खर्च हुने अनुमान गरिएको र प्रतियोगिताको अन्तिम चरणको खेल माघ ८ गते हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology