• Friday 24th of July 2026

प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट


  • गोकर्णेश्वर अनलाइन

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गर्नुभएको छ ।

राजदूत यान्छीलाई कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाईज्ञापन गर्दै प्रधानसेनापति शर्माले सुखद भविष्यका लागि शुभकामना दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजदूत यान्छी नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कंदै हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology