• Saturday 25th of July 2026

प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई


  • गोकर्णेश्वर अनलाइन

नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिनुभएको हो ।

राजदूतले सामाजिक सञ्जाल ट्वीटरमार्फत भन्नुभएको छ, “नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ गर्न र लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology