• Saturday 25th of July 2026

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा उहाँहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको थियो । अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology