• Tuesday 8th of September 2026

दक्षिण सुडानमा भएको हिंसाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा


  • गोकर्णेश्वर अनलाइन

संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानमा भएको हिंसात्मक घटनाबाट नागरिकको ज्यान लिइएको घटनाप्रति निन्दा गरेको छ । दक्षिण सुडानमा यही फेबु्रअरी २ मा भएको हिंसामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको थियो भने अरु कैयौँ नागरिक घाइते भएका थिए ।

सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनका प्रमुखले उक्त घटनाप्रति निन्दा गर्दै यस हिंसात्मक घटनाको अनुसन्धान गर्न माग गरेका छन् ।सुडानका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनका विशेष प्रतिनिधि निकोलास हाइसनले दक्षिणी सुडानको काजो केजी जिल्लामा भएको सो हिंसाबाट कम्तीमा पनि २७ जनाको ज्यान गएको घटना निन्दनीय भएको भन्दै यसमा संलग्नहरुलाई कारबाही गर्न आग्रह गर्नुभएको हो ।

उहाँले सो जिल्लामा भएको हिंसाको कारण पत्ता लगाइ त्यसमा संलग्नहरुलाई सख्त कारबाही गर्न यहाँको सरकारलाई आग्रह गर्नुभएको छ । सो हिंसामा परेर कम्तीमा पनि दुई हजार जना मानिस आन्तरिक रुपमा विस्थापित भएका भन्दै उनीहरुको व्यवस्थापनका लागि पनि आग्रह गर्नुभएको बताइएको छ । सो क्षेत्रमा भएको हमलाको जिम्मेवारी कसैले लिएको छैन । यस विषयमा अनुसन्धान सुरु भएको दक्षिण सुडानको सरकारले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology