• Saturday 25th of July 2026

अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सचेत छौँ : प्रधानमन्त्री दाहाल


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताउनुभयो ।

आफूले मन्त्रिपरिषदको पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसित सहकार्य प्रभावकारी ढङ्गले प्रयास गर्ने निर्णय गरे बमोजिम सोही दिशामा देशको अर्थतन्त्र अग्रसर रहेको उहाँले उल्लेख गर्नुभयो । “अर्थतन्त्रमा देखिएका समस्यालाई हल गर्दै निजी क्षेत्रलाई सहज रुपमा लगानी तथा उद्योग, व्यापारको वातावरण बनाउनेतर्फ अगाडि बढेका छौँ ।” प्रधानमन्त्री दाहालले भन्नुभयो– “दुई महिना पूरा भएको छैन तर अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएका छन् ।” उहाँले राजश्व सङ्कलन बृद्धि भएको, विदेशी मुद्रा सञ्जय बृद्धि भएको बताउँदै यी सबै सकरात्मक सङ्केतका रुपमा लिएको धारणा राख्नुभयो ।

“समग्रमा अर्थतन्त्रको सङ्कट टरेको छैन ।” उहाँले भन्नुभयो– “अझै पनि नीतिगत र योजनागत क्षेत्रमा सुधार गर्नुपर्ने आश्वयकता छ, र सरकार सोही दिशतर्फ अग्रसर पनि छ ।” त्यसैगरी कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षले बनाउने प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो ।

“सुक्खा बन्दरगाहको वातावरण प्रभाव मुल्याङ्कनको काम भई स्वीकृतीको चरणमा हुनुका साथै भारतसित ‘एमओयु’ हस्ताक्षरण गर्ने प्रक्रिया अघि बढेको छ ।” उहाँले भन्नुभयो– “निकट भविष्यमा कानुनी र प्रक्रिया सम्पन्न गरेर बन्दरगाह निर्माण द्रुत गतिमा हुनेछ ।” उहाँले सो विषय आफ्नो आसन्न भारत भ्रमणमा उच्च प्राथमिकताका साथ उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले बन्दरगाहको निर्माणमा नेपाल र भारतबीच द्विपक्षीय व्यापार तथा आफूले परिकल्पना गरेको त्रिदेशीय रणनीतिक साझोदारीमार्फत नेपालले लाभ लिने विषयमा समेत निर्णायक महत्व राख्ने विश्वास लिएको बताउनुभयो । “सुदूर विकास आयोगको गठनदेखि विश्वविद्यालयसम्म घोषणासम्मको अवसर प्राप्त गरेँ ।” दाहालले भन्नुभयो– “गेटा मेडिकल कलेजलाई पहिलो पटक बजेट बिनियोजन गर्ने अवसर पाएँ, अहिले सम्पन्न हुन सक्ने आइसकेको छ ।” उहाँले सुक्खा बन्दरगाह निर्माणसँगै उत्तर चीनसित जोड्ने ढोकासमेत महाकाली करिडोरलाई अगाडि बढाइने बताउनुभयो ।

“यसले सुदूरको आर्थिक विकासमा मात्रै प्रगती हुने छैन, सिङ्गो राष्ट्रको आर्थिक विकास निकै ठूलो योगदान हुनेछ ।” उहाँले भन्नुभयो– “सरकारले तयार गरेको एकीकृत कार्ययोजनामा सुदूरको समृद्धि, विकास अभियानका पनि समेटिएको छ ।” उहाँले यथास्थितीमा रुमलिने प्रवृतीको अन्त्य गर्नु आजको देशको आवश्यकता भएको बताउनुभयो ।

“जनतामा देखिएको निराशालाई आशामा बदल्दै दृेढ सङ्कल्प र नेतृत्वप विकासको निम्ती आश्वयक छ ।” उहाँले भन्नुभयो– “नौ वटै जिल्लामा सञ्चालनमा रहेका आयोजना र सम्भाव्य आयोजनाका लागि बजेटमा कुनै कन्जुसाँइ हुने छैन ।”

प्रधानमन्त्री दाहाल महोत्सव उद्घाटनअघि सुक्खाबन्दरगाह निर्माण स्थल र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल योजनाको निरीक्षण समेत गर्नुभएको थियो । प्रधानमन्त्रीसँगै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्यामन्त्री पदम गिरी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सृुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत निरीक्षणमा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology