• Friday 24th of July 2026

क्षेत्रभरीको सडक अनुगमनमा निस्कियो नेकपा(एमाले) काठमाडौं–३(भिडिओ)


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेकपा(एमाले) काठमाडौंले आज आफ्नो नेतृत्वमा भएको ग्रामीण रणनीतिक सडकको अनुगमन गरेको छ ।

नेकपा(एमाले)का पोलिटब्युरो सदस्य कृष्ण राई र रामेश्वर फुयालको नेतृत्वमा रणनीतिक सडकको अनुगमन गरिएको हो ।

सडको वर्तमान अवस्था र थप गर्नुपर्ने निर्माण विकासको बारेमा नेतृत्वलाई अवगत गराउन अनुगमन राखीएको उद्धव भण्डारीले गोकर्णेश्वर अनलाइनलाई बताए ।

अनुगमनमा प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठ ,गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सान्नानी लामा,नेकपा एमाले काठमाडौं ३ का समन्वय कमिटी संयोजक उद्धव भण्डारी,नेकपा(एमाले)गोनपा अध्यक्ष उद्धव बिष्ट ,गोनपा १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ ,गोनपा २ का वडा अध्यक्ष मधु तामाङ लगायतको उपस्थिति रहेको थियो ।

पुर्व सांसद कृष्ण राईको पालामा रणनीतिक सडकको योजना तर्जुमा गरिएको थियो भने काँठ चक्रपथको अवधारणा पुर्व बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालको नेतृत्वमा काम अगाडि बढेको थियो । गाम्चाबाट सुरु भएको अनुगमन श्वेत बाराही सडकमा गएर समापन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology