• Friday 24th of July 2026

एसईईमा जिपिए ४ ल्याएर नेपाल टप गरेका जेशन गौतमले रोजे जेभियर इन्टरनेशनल कलेज


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । एसईई मा जिपिए ४ ल्याएका जेशन गौतमले कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेज रोजेका छन् । कम्प्युटर साईन्स पढ्ने योजना बनाएका जेशन गौतमले जेभियर कलेज रोजेका हुन् । अघिल्लो वर्ष समेत नेपाल टप गरेर जिपिए ४ ल्याएका ३ जना विद्यार्थीले जिभियर इन्टरनेशनल कलेज रोजेका थिए ।

राम्रो पढाई हुने र विद्यार्थीलाई राम्रो शैक्षिक वातावरण दिने भएकाले आफुले जेभियर इन्टरनेशनल कलेज रोजेको जेशन गौतमले बताए । जेभियर इन्टरनेशनल कलेजमा कक्षा ११ मा विज्ञान,म्यानेजमेन्ट र कानुन संकायमा पढाइ हुने गरेको छ । जेभियर नेपालकै उत्कृष्ट कलेज मध्यको एक हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology