• Friday 24th of July 2026

जेभियर इन्टरनेशनल स्कुल चावाहिलमा कक्षा १ मा भर्नाकोलागि विद्यार्थीको ओईरो,प्रवेश परिक्षा सम्पन्न


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । जेभियर इन्टरनेशनल स्कुल चावाहिलले आगामी शैक्षिक सत्रकोलागि कक्षा १ को प्रवेश परीक्षा सम्पन्न गरेको छ ।

चावाहिलको शान्त ठाउँ मैजुवाहालमा रहेको स्कुलले शैक्षिक सत्र २०८१ को लागि प्रवेश परीक्षा संचालन गरेको हो । कक्षा १ को सिमित सिटकोलागि संचालन गरिएको प्रवेश परिक्षामा झण्डै ५०० बालबालिकाले परीक्षा दिएका थिए ।

परिक्षाको नतिजा जेभियर इन्टरनेशनल स्कुलको वेभसाईटमार्फत  सार्वजनिक गरिने  र उतिर्ण विद्यार्थीको अभिभावकलाई फोन र एस एम एस मार्फत जानकारी गराईने विद्यालयले जनाएको छ ।

सुविधा सम्पन्न अत्याधुनिक भवन, प्रविधीमैत्री कक्षा कोठा,स्विमिङ पुल,बास्केटबल कोर्ट,फुट्सल एरिना,स्टार होटेल सरहको क्यान्टिन,योगा र नृत्य कक्षा,लेटेस्ट जेनेरेशन कम्प्युटर ल्याब र अनुभवी शिक्षक शिक्षिकाबाट अध्यन अध्यापन गराईने भएकाले जेभियर अभिभावकको रोजाईमा पर्न थालेको हो ।

जेभियरमा म्युजिक क्लब,डान्स क्लब,योगा क्लब,स्काउट,आर्ट एन्ड क्राफ्ट,स्विमिङ क्लब,बास्केटबल क्लब,फुटबल क्लब,साइन्स क्लब,लिट्रेचर क्लब,जुनियर रेड्क्रस,रोबोटिक क्लब संचालनमा छन् । जेभियर स्कुल काठमाडौंको पुर्वी भेगको उत्कृष्ट शैक्षिक गन्तब्य हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology