• Friday 24th of July 2026

जि.भि.यन कलेज नेपालगन्जको ट्यालेन्ट हन्ट सम्पन्न


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपालगन्जको विपि चोकमा रहेको जि.भि.यन कलेजले आयोजना गरेको GVN ट्यालेन्ट हन्टमा विद्यार्थीले उत्कृष्ट कला पर्दशन गरेर सबैलाई चकित बनाएका छन् ।

आज सिद्धार्थ कटेजमामा आयोजना भएको कार्यक्रममा बिद्यार्थीले बेजोड प्रस्तुति दिएर दर्शकलाई झुमाएका छन् ।

विद्यार्थीमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कलेजका सिईओ गणेश भण्डारीले आशाका किरण मिडियालाई बताए ।

कार्यक्रमको विषेश अतिथी चर्चित गायिका रचना रिमाल रहेको कार्यक्रममा विद्यार्थीले प्रस्तुती दिँदा दर्शक मज्जाले झुमेका थिए।

कक्षा ११ कि छात्रा उषा पाण्डेको सभाअध्यक्षतामा भएको कार्यक्रममा सामाजिक डिभिजन कार्यालय प्रमुख उद्धव श्रेस्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

विद्यार्थीले नेपाली मौलिक संस्कृती झल्किने कौडा नृत्य,थारु नृत्य प्रस्तुत गरेर युवा पुस्ता लागे हाम्रो संस्कृती जोगाउन सकिने सन्देश दिएका थिए ।

कार्यक्रममा विद्यार्थीलाई प्रोत्साहन गर्न विविध बिधामा विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । 

विद्यार्थीलाई किताबी ज्ञानका अलावा उनीहरुको चौतर्फी विकासमा मद्धत पुगोस भनेर कार्यक्रम आयोजना गरिएको कलेजको दाबी छ ।

जि.भि.यन कलेज नेपालगन्जको उत्कृष्ट शैक्षिक गन्तव्य हो । विज्ञान,मानविकी,ब्यवस्थापन र कानुनी संकायमा पढाइ हुने जि.भि.यन कलेज विद्यार्थीको रोजाईको कलेज बन्दै गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology