• Friday 24th of July 2026

महिला हिंसा निवारण कोष स्थापना गर्नुपर्ने


  • गोकर्णेश्वर अनलाइन

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले स्थानीय तहमा महिला हिंसा निवारण कोष स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष अभियान–०७६÷७७, लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी, भूमिका र प्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले महिला, बालबालिकाका र अपाङ्गका गुनासो सुनुवाईका लागि स्थानीय स्तरमा महिला तथा बालबालिकाका शाखा स्थापना गर्न आग्रह गर्नुभयो । महिला हिंसा अन्त्यका लागिका स्थायी संयन्त्र निर्माण गरी नियमित कार्य गर्नुपर्नेमा जोड दिँदै मन्त्री थापाले महिला अधिकार दिवसअन्तर्गत लैङ्गिक हिंसाविरुद्धको अभियानलाई गाउँटोलमा तत्काल र दीर्घकालीन रुपमा सञ्चालन गर्न र समतामूलक समाज निर्माणमा जनप्रतिनिधिहरुको ठूलो भूमिका रहने धारणा व्यक्त गर्नुभयो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सबै प्रकारका हिंसा अन्त्य गरी स्वास्थ्य, सुखी र समुन्नत प्रदेश बनाउने कार्यमा अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले ल्याएको ‘म अघि बढ्छु’मा सबैको सहयोग भए लैङ्गिक हिंसा अन्त्य गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि हामीले आफैँबाट हाम्रो संस्कार, प्रवृत्तिमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले टोल–समाजमा अधिकार विकेन्द्रीकरण गरी महिला हिंसा अन्त्यका लागि पहल गर्नुपर्ने बताउनुभयो । अन्तरक्रियामा प्रदेशका १४ प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका संयोजक, स्थानीय निकायका प्रमुख र उपप्रमुखहरुको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology