• Friday 24th of July 2026

शिक्षामन्त्रीसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता


  • गोकर्णेश्वर अनलाइन

शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गर्नुभएको छ । कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ । त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिनुभयो । त्यस क्रममा कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology