• Saturday 25th of July 2026

सुशील कोइरालाको स्मृति दिवस सम्पन्न


  • गोकर्णेश्वर अनलाइन

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको स्मृति दिवस मनाइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका शीर्ष नेताहरुले स्मृति दिवसका अवशरमा कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कोइरालाको सम्झना गरेका छन् । २०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो । कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बन्नुभएको थियो । पार्टी सभापति रहेकै बेला उहाँको निधन भएको हो । २०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिनुभएको थियो । उहाँको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो । उहाँलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology