• Saturday 25th of July 2026

हिमपहिरोमा परी सात जनाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

१ फागुन (रासस÷सिन्ह्वा) : अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ताले बिहीबार बताउनु भएको छ । दुर्गम स्थानमा रहेको मिरामुर जिल्लाको हेसर गाउँमा यो घटना भएको बताइएको छ । बुधवार अवेर राति घर हिमपहिरोले पुरिएपछि एक परिवार प्रभावित भएको सरकारका प्रवक्ता सकीना एहसानीले सिन्ह्वालाई बताउनु भएको छ । स्थानीय गाउँलेहरुले चार जनाको लास भेट्टाएको र यसै परिवारका एक सदस्य घाइते भएका र उनलाई उद्धार गरेको अझै दुई जना बेपत्ता रहेका प्रवक्ता बताउनु भएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २९० किलोमिटर पश्चिममा रहेको सो प्रान्तमा बुधबारको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको तथा सोही दिन छिमेकमा पर्ने प्रान्तमा अन्य तीनको मृत्यु भएपछि यो सङ्ख्या सात पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology