सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाल मार्फट आफू निको भएर चाँडै काममा फर्कने सन्देश दिनु भएको छ । आज रिमालसंग भएको भेटमा प्रधानमन्त्रीले साथीहरुलाई सो खबर सुनाईदिन उल्लेख गरेको विष्णु रिमालले फेसबुकमार्फत जानकारी गराएका हुन् । हेर्नुस प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालको फेसबुक स्टाटस जस्ताको त्यस्तै : सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो। उहांले भन्नु भयो- “साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु।” धेरै खुशि लाग्यो, पुन:शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू!
