• Saturday 25th of July 2026

पर्यटकको हेलिकप्टरबाट उद्धार


  • गोकर्णेश्वर अनलाइन

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रेबीसेबाट पाँच विदेशी पर्यटकको आज अपराह्न उद्धार गरिएको छ । मकालु हिमाल पदयात्राका लागि सङ्खुवासभा आएका ती पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि विभिन्न देशका पर्यटक सभापोखरी गाउँपालिकामै रोकिएका थिए । कैलाश एयरको हेलिकप्टरबाट अष्ट्रेलिया र क्यानडाका दुईदुई तथा फ्रान्सका एक नागरिकलाई काठमाडौँ पठाइएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology