• Friday 24th of July 2026

लकडाउनको पालना गराउन भक्तपुरका गल्ली-गल्लीमा नेपाल स्काउट


  • गोकर्णेश्वर अनलाइन
सुदर्शन बजगाई,आशाका किरण मिडिया । कोरोना भाईरसको महामारी रोक्न सरकारले जारी गरेको लकडाउबको पुर्ण पालना गराउन भक्तपुर स्काउट टोल टोलमा सकृय रहेको छ । प्रहरी आउँदा लकडाउन पालना गर्ने र प्रहरी गएपछि उल्लंघन गर्ने प्रवृत्ति बढेपछि नेपाल स्काउट कोरोनाको संक्रमण एक ब्यक्तीबाट अर्को ब्यक्तीसम्म नफैलियोस भनेर टोल टोलमा छिरेको नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिती संयोजक लोक बहादुर भण्डारीले आशाका किरण मिडियालाई बताए । समुदायमा एक जनाको लापरबाहीले भयावह स्थिति आउने भन्दै आफ्नो सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर स्काउट टोल टोलमा छिरेको भण्डारीले बताए । भक्तपुर स्काउटका अनुसार स्काउटहरु लकडाउन अवधीभर लकडाउन कार्यान्वयनमा लाग्ने छन् । भक्तपुर नगरपालिकासंगको समन्वयमा भक्तपुरमा ५० भन्दा  बढी स्काउट फिल्डमा रहेको नेपाल स्काउट भक्तपुरले जनाएको छ । हेर्नुस् फोटो :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology