• Saturday 1st of August 2026

श्रमिकले ज्याला पाएनन्


  • गोकर्णेश्वर अनलाइन

साइपाल गाउँपालिका वडा नं ३ र ४ जोड्ने रामोखोला झोलङ्गे पुलको उपभोक्ता समितिमा विवाद हुँदा श्रमिकले एक वर्ष बितिसक्दा पनि ज्यला नपाएको गुनासो गरेका छन् । गत वर्ष निर्माण शुरु भएको पुलको खोदानको काम सकिएको भए तापति मजदूरले ज्याला नपाएको बताएका छन् । स्थानीयवासी हरजित बोहराले भन्नुभयो, “हामीले काम गरेको एक वर्ष भइसक्यो, दैनिक एक घण्टामा एक सयका दरले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मरीमेटी काम ग¥यौँ, समितिलाई ज्याला माग्दा आनाकानीकानी गरेका छन् ।”

उपभोक्ता समितिका अध्यक्ष प्रेम बोहराले पहिलेको उपभोक्ता समितिमा विवाद आएको र त्यसले नयाँ समितिलाई हिसाबकिताब नबुझाएकाले कामदारलाई नदिएको बताउनुभयो । पुरानो उपभोक्ता समितिका अध्यक्ष धनवीर बोहराले भने आफूले काम गराएको र सम्पूर्ण हिसाबकिताब नयाँ समितिलाई हस्तान्तरण गरिसकेकाले आफ्नो कुनै जिम्मेवारी नरहेकोे बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology