• Saturday 25th of July 2026

मनास्लु वर्ल्ड कलेजले एसइई उतिर्ण खेलाडीहरु कक्षा ११ र १२ मा पुर्ण छात्रवृत्ति प्रदान गर्ने


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । चाबाहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले एसइई उतिर्ण खेलाडीहरुको लागि पुर्ण छात्रवृत्तिको प्रदान गर्ने भएको छ । फुटबल,बास्केटबल,भलीबल,कराते,ब्याडमिन्टन तेक्वान्दो लगाएतको खेलमा उत्कृष्ट रहेका विद्यार्थीलाई विज्ञान , म्यानेजमेन्ट,कानुन, मानविकी र शिक्षा संकायमा पुर्ण छात्रवृत्ति दिने तयारी रहेको मलास्लु कलेजका अध्यक्ष गेन्द्र लामाले बताए । अनुभवी दक्ष एवम् शैक्षिक क्षेत्रमा लामो समयदेखी कृयाशिल टिमले संचालन गर्न लागेको कलेज जिपिए ४ ल्याउनेहरुको समेत पहिलो रोजाईमा पर्न थालेको छ । जिपिए ४ ल्याउने विद्यार्थीको एउटा विज्ञान संकायमा सेक्सन पूरा भैइसकेको कलेजका प्रधानाध्यापक राजन श्रेष्ठले आशाका किरण मिडियालाई बताए । हेर्नुस् यस्तो बन्दै छ कलेज :

उत्कृष्ट भौतिक पुर्वाधार सहितको मनास्लु कलेजको उपस्थितले चाबहिल क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्ने बिस्वास मनास्लु उद्धमशिल समुहले लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology