• Sunday 2nd of August 2026

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका­२१ का पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वासप्रश्वासमा समस्या भएपछि भदौ २० गते साँझ भेरी अस्पताल नेपालगञ्जमा भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ २१ गते सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिदै गएपछि शनिबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको श्रेष्ठले बताउनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology