सुदर्शन बजगाई,आशाका किरण समाचार । सुन्दा अचम्म लाग्न सक्छ पोखरा महानगरपालिका र नेपालकै एक नम्बरको पर्यटक भित्रने ठाउँको कुनै वडामा बाटो पिच भएको जनताले देख्ननै पाएका छैनन् । हो पोखरा महानगरको २३ नम्बर वडाको हकिकत यस्तै छ । तर अब २३ नम्बर वडाबासीले विकासको अनुभुति गर्न पाउने भएका छन् ।प्रधानमन्त्री केपी ओलीले देखेको समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव पहारी कम्मर कसेर लागेका छन् ।

उनको सकृयतापछी २३ नम्बर वडाको करिब ४०० मिटर बाटो पिच हुने भएको छ । बत्ती मुनीको अन्धकारमा बसेका २३ वडाबासीले अब चिल्लो पिच आफ्नो घर आँगनमै देख्न पाउने भएका छन् ।पोखरा महानगरमा भइकन १ मिटर पनि पिच नभएको वडा नम्बर २३ मा आज पिच सडक निर्माणको शिलान्यास गर्न पाउँदा खुसी लागेको माननीय राजीव पहारीले बताए ।

सडक शिलान्यास गर्न पुगेका राजीव पहारीलाई स्थानीयले भब्य स्वागत गरेका थिए । यो कामकोलाही पहलकदमी लिन पाउँदा आफू निकै हर्षित भएको गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिब पहारीले प्रतिक्रिया दिए । बाम्दीको फेदीबाट सुरू पिच अबको २ महिनामा पूरा हुने निर्माण व्यवसायीले सार्वजनिक प्रतिवद्धता ब्यक्त गरे । जनतालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव पहारीले भने, `यो सुरूवात मात्रै हो, यहाँबाट पुम्दीसम्मै पिच सडक पुर्याउने लक्ष्य छ ।´ राजीव पहारीको नेतृत्वमा गण्डकी प्रदेश सरकारको ४० लाखको लगानीमा बाटो पिच हुन लागेको हो।
यो पनी हेर्नुहोस् :
