• Thursday 30th of July 2026

बारेन्ट्स समुद्रमा डुङ्गा दुर्घटना, १७ जना बेपत्ता


  • गोकर्णेश्वर अनलाइन

मस्को, १३ पुस (रासस–एएफपी) – रसियाकाे पश्चिमी क्षेत्रमा रहेकाे बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा परेका १९ व्यक्तिमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको मन्त्रालयको भनाई छ ।

ओनेगा नामको निजी डुङ्गा नोभाया जेम्ल्या नजिकैको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको र अधिकारीहरुले बिहान ७.३० बजे थाहा पाएका थिए ।

प्रतिकूल मौसमका कारण डुङ्गामा हिउँ जम्दै गएपछि डुङ्गा नै डुबेको आशंका गरिएको छ । हराइरहेका व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology