• Saturday 25th of July 2026

४४ जनाले बुझाए व्यक्तिगत विवरण


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ विश्वविद्यालय (केयु)मा धेरै प्राज्ञिकले नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको बताइएको छ ।

केही दिनअघि उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक अपिल गरेपछि केयुको उपकुलपति बन्न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण बुझाउनुभएको थियो ।

केयु प्राध्यापक सङ्घले विश्वविद्यालयको नेतृत्वमा उत्रेका उहाँहरुमध्ये ३७ प्राज्ञिक व्यक्तित्वले प्रतिस्पर्धा गर्नु सकारात्मक सन्देश भनेको छ । “धेरै प्राज्ञिक व्यक्तित्वले केयुको नेतृत्वको इच्छा व्यक्त गर्नु सकारात्मक सन्देश भएको छ हामीले नेतृत्व गर्न चाहने आकाङ्क्षीसँग आजैदेखि छलफल शुरु गर्दैछौँ”, सङ्घका सभापति प्रा डा विवेक बरालले भन्नुुभयो । उहाँका अनुसार उपकुलपति सिफारिस समितिलाई विश्व परिस्थितिअनुसार विश्वविद्यालयलाई नवीन सोचका साथ डो¥याउने, शैक्षिक क्षेत्रको उन्नयन तथा मार्गनिर्देशित गर्ने उद्देश्य बोकेको सक्षम, निष्ठावान् र उत्कृष्ट उम्मेदवार छनोट गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले छलफल शुरु गरिएको हो ।

सङ्घको छलफल कार्यक्रम तालिका अनुसार उपकुलपति आकाङ्क्षी उम्मेदवारसहित आज साँझ शुरुगरी आइतबार र सोमबारसम्म सङ्घ आबद्ध प्राध्यापक, कर्मचारी, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरेको हो । सङ्घले केयुमा लामो समय एउटै व्यक्ति दोहो-याउँदा उपकुलपति सिफारिस प्रक्रिया अपारदर्शी तथा सिफारिस समितिप्रति शङ्का पैदा हुने भएकाले बृहत् छलफल तथा आम चाहनाअनुसार उपकुलपति चयन गर्न आग्रहसमेत गरेको छ । “केयु कार्यकारी परिषद्ले आवधिक पदमा एक व्यक्ति एक पद र अधिकतम दुई कार्यकालको पद्धतिको विकास गर्नेमा निर्णय गरिसकेको छ”, डा बरालद्वारा हस्ताक्षरित सङ्घको विज्ञप्तिमा उल्लेख भनिएको छ, “यसर्थ हालका उपकुलपतिले नेतृत्व गर्ने लोभ नरहेको विषय विभिन्न अन्तवार्ता भनिसकेको र पद्धति विकासमा हस्तक्षर गरिसकेकाले एकै व्यक्तिलाई सिफारिस गरिनु हुन्न ।”

विसं २०४८ मा स्थापित केयुमा प्रा डा सुरेशराज शर्माले २१ वर्ष र डा रामकण्ठ माकजुले आठ वर्ष नेतृत्व गरिसकेका छन् । डा माकजुको दोस्रो कार्यकाल यही हप्ता अर्थात् माघ ७ गते सकिँदैछ । उहाँको कार्यकाल माघ पहिलो हप्ता सकिने भएपछि विश्वविद्यालय सभाले गत पुसमै शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिका केयुका संस्थापक उपकुलपति डा सुरेशराज शर्मा र केयु संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना सदस्य हुनुहुन्छ । सिफारिस समितिले तीन जनाको नाम सिफरिस गर्ने र त्यसमध्येका एकलाई उपकुलपति नियुक्त गर्ने प्रावधान छ ।

विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न पहिलोपटक सार्वजजिकरुपमा दर्खास्त आह्वान गरेपछि ३७ प्राध्यापक÷प्राज्ञिक तथा बाँकी सहप्राध्यापक, उपप्राध्यापक र प्राज्ञिक क्षेत्र बाहिरका सहित ४४ ले व्यक्तिगत विवरण बुझाएको मन्त्रालय स्रातले जनायो ।

वर्तमान उपकुलपति डा माकजुले पनि पुनःनियुक्तिका लागि व्यक्तिगत विवरण बुझाएको जनाइएको छ । सिफारिस समितिले व्यक्तिगत विवरण रुजु गरिसकेकाले आउँदो सोमबार थप छलफल गर्ने कार्यतालिका बनाएको छ ।

उपकुलपति नियुक्त गर्न पहिलोपटक सार्वजजिकरुपमा दर्खास्त आह्वान गरेकामा खुशी व्यक्त गर्दै सङ्घका महासचिव डा विकास अधिकारीले विवादरहित व्यक्तिलाई विश्वविद्यालयको नेतृत्वमा ल्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बद्लिँदो विश्व–परिस्थितिअनुसार विश्वविद्यालयलाई डो-याउने योग्य, सक्षम, निष्ठावान् र कहीँकतै विवादमा नफसेको व्यक्तिको आवश्यकता छ, यो सिफारिस समितिले मनन गरोस् ।” शिक्षासँग सरोकार राख्ने विभिन्न संस्था एवं व्यक्तिले केही हप्तादेखि केयुमा विवादरहीत व्यक्तिलाई नेतृत्व प्रदान गर्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology