• Friday 24th of July 2026

प्रधानमन्त्री ओलीको पक्षमा पाँच सयबढि कलाकार


  • गोकर्णेश्वर अनलाइन

समीर बलामी/ फिल्मी फण्डा । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपा भित्र विवाद चर्किएपछि प्रधानमन्त्री केपी शर्माओली र नेताद्धय पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल बीच शक्तिप्रदर्शनको प्रतिस्पर्धा चलिरहेको छ ।
प्रचण्ड–माधव गुट अर्थात पुमा पक्षले नेकपा र चुनाव चिन्ह सुर्य आफ्नो रहेको दावी गर्दै संसद पुनर्स्थापनाको लागि सडक संघर्ष जारी राखेका छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले सार्वजनिक गरेको ११ पृष्ठको निर्णय अनुसार संस्थापन पक्ष आफु रहेको र चूनाव चिन्ह पनि आफ्नै रहेको भन्दै निर्वाचनको तयारी स्वरुप विभिन्न भेला तथा सभाहरु आयोजना गरिरहेका छन् ।

अराजकताको अन्त्य, राष्ट्रिय स्वाधिनता र संविधानको रक्षा सहित समृद्ध नेपालको अभियानमा आफु रहेकोले विपक्षीले मन नपाराएर अनावश्यक अराजकता मच्चाएको प्रधानमन्त्री ओलीको दावी छ । काठमाडौंमा बृहत भेला गरेको पुमा गुटलाई देखाउन ओली समूहले पनि राजधानीमा आउँदो माघ २३ गते शक्ति प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

राजनीतिक व्यक्तित्वहरु, कार्यकता तथा समर्थकहरुसँगै सयांै कलाकारहरु समेत सडकमा शक्ति प्रदर्शनमा जुट्ने भएका छन् । कलकारहरुको समूहले त्रिपुरेशवरमा जम्मा भएर दरवार मार्गको सभामा ¥यालि जाने गरि तयारी समेत गरेको जनपक्षीय चलचित्रकर्मी संघले जनाएको छ ।

दिनेश डिसी, रेजिना रेप्रेती, राजेश हमाल, दयाराम दाहाल, भुवन केसी, बर्षा राउत, निखिल उप्रेती, निलहरी काफ्ले, अर्जुन कुमार, दिपेन्द्र के खनाल, उत्तम केसी, शोभित बस्नेत, सुदर्शन थापा, सुनिल माननधर, घनश्याम लामिछाने, बसन्त रिजाल, सपना मल्ल, विमा मैनाली, तैयव शाह, प्रकाश भट्टराई, सबनम मुखिया,

विरेन्द्र भट्ट, निरज कँडेल, लय संग्रैला, घनश्याम खतिवडा, पुजा शर्मा, नरेन्द्र महर्जन, शुशिल पोखरेल, मुश्कान दकाल, हिमाल केसी, संगतिा श्रेष्ठ, दिनेश राउत, सम्रात शाक्य, मनोज श्रेष्ठ, मनोज भटवाल, उपेन्द्र तिमल्सिना, जया ओझा, सलोन बस्नेत, कुमार महर्जन, नागेन्द्र रिजाल, रविन्द्र खड्का, बद्रि अधिकारी, अरुण रेग्मी, सुरज आरडीलगायत सयौं कलाकारहरु प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भेलामा सहभागी हुने भएको हो ।

राष्ट्रको सार्वभौमसत्ता जनतामा निहीत देशमा जनतासामु निर्वाचनमा जानु प्रधानमन्त्रीको उचित निर्णय, द्धैदेशीय पारवहन सम्झौता गरी नाकाबन्दी भन्ने कुरालाई इतिहास मात्र बनाउँने प्रधानमन्त्रीको कार्य क्षमता, कम्युनिष्ट सरकार भएको देशमा लोकतन्त्रलाई अझ बलियो बनाउन र संविधानको रक्षा गर्न,

सरकारले गरेको राष्ट्रिय योजना र सुखी नेपाली समृद्ध नेपालको अभियान, राष्ट्रिय स्वाधिनताको पक्षमा चट्टान झै अडिग भई आफ्नो भुमी फिर्ता ल्याउने तयारीमा रहेका प्रधानमन्त्रीको दृद संकल्प, राजनीतिक संस्कारलाई बिर्सदै आफ्नै दलको सरकार समेत ढाल्न लागिपर्ने अराजकहरुको अराजकताको अन्त्य गर्न

र प्रतिगमन भो भन्दै गलत प्रचार गर्नेहरुलाई अग्रगमनको बाटो देखाउँदै सजग बनाउन कलाकारहरु पनि केपी शर्मा ओली नेतृत्वको नेकपामा समर्थन जनाउँदै २३ गतेको भेलामा उपस्थिती जनाउने तयारी भएको जनपक्षिय चलचित्रकर्मी संघले जनाएको हो ।

कलाकारहरु बाहेक जनसँस्कृति महासंघको तर्फबाट समेत सयौं कलाकर्मी र संगीतकर्मीहरु समेत उपस्थित हुने जनसाँस्कृतिक महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology