• Saturday 25th of July 2026

दिक्तेल–काठमाडौँ पर्यटक बस सेवा सञ्चालन


  • गोकर्णेश्वर अनलाइन

देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौँ सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौँबाट एउटा पर्यटक बस शुरु गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले पर्यटक बस सेवा उद्घाटन गर्नुभयो । नेपालका मुख्य शहरहरुमा ३० वर्षदेखि सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकामा सो संस्थाले दशौँ गन्तव्यअन्तर्गत दिक्तेल–हलेसी–काठमाडौँ पर्यटक बस सञ्चालन शुरु गरिएको बस सेवाका अध्यक्ष एवम् नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्व अध्यक्ष सिएन पाण्डेले बताउनुभयो ।

सो बसमा एयर कण्डिसन, आरामदायी सिट, यात्रु बिमा, पर्यटकको सेवा दिने तालीम प्राप्त जनशक्ति रहेका छन् । प्रतिव्यक्ति रु एक हजार ५०० भाडा निर्धारण गरिएको बसको टिकट अनलाइनबाट समेत लिन सकिने व्यवस्था मिलाइएको छ । यसअघि सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौँ माइक्रो भ्यान सेवा शुरु गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology