• Saturday 25th of July 2026

पत्रकार मियाँलाई समाचार लेखेकै आधारमा धम्की आएको भन्दै भत्र्सना


  • गोकर्णेश्वर अनलाइन

नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाले पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की आएको भन्दै भत्र्सना गरेको छ । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक, महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुर प्रतिष्ठानका सदस्य मियाँलाई निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले अन्तरवार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार काठमाडौँमा दुव्र्यवहार र धम्क्याएको घटनाप्रति भत्र्सना गरिएको हो ।

“समाचारका कुनै पनि विषयमा चित्त नबुझेको भएमा वा कुनै गुनासो भएमा त्यसउपर कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै निवर्तमान मन्त्रीजस्तो व्यक्तिले धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो, महासङ्घ पत्रकारलाई हतोत्साहित बनाउने यस कार्यको कडा शब्दमा भत्र्सना गर्दछ”, प्रतिष्ठानद्घारा जारी विज्ञप्तिमा भनिएको छ । प्रतिष्ठानले घटनामा संलग्न निवर्तमान मन्त्री आलेलाई कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्वाधरूपमा काम गर्ने वातावरण बनाउन सरकारलगायत सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology