• Friday 24th of July 2026

किरण पौडेल नेतृत्वको युवा संघ नेपालले ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्दै,प्रथम हुनेले २ लाख ५० हजार पाउने


  • गोकर्णेश्वर अनलाइन

काठमाडौं, ४ असार । राष्ट्रिय युवा संघ नेपालले  ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । एनवाईएफ सर्ट फिल्म कम्पिटिसन NYF SHORT FILM COMPETTION-2078 नाममा प्रतियोगिता सञ्चालन हुने राष्ट्रिय युवा संघ नेपालले  जनाएको छ । लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित हुन लागेको उक्त प्रतियोगितामा जो कोही नेपालीले पनि सहभागिता जनाउन सक्ने आयोजक संस्थाले  जनाएको छ । संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्रनिर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोच सहित हुन लागेको यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट हाम्रो ठेगाना ([email protected]मा पठाइसक्नुपर्नेछ ।’सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेपनि जनाईएको छ र यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ । जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्नेछन् ।’

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले दिएको जानकारीअनुसार राष्ट्रिय युवा संघ नेपाल मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ । आवेदन तथा प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी यहाँहरुले ९८६०००६२२७ मा फोन गरेर पनि लिन सकिने जनाईएको छ ।

हेर्नुस प्रेस विज्ञप्ति :

कोभिड -१९ को विश्वब्यापी माहामारीको रोकथाम तथा नियन्त्रणका सन्धर्भमा राष्ट्रिय युवा संघ नेपालले सुरुवाती चरण देखिनै आफ्नो स्व्यंसेवी भूमिका प्रभाबकारी रुपमा संचालन गरिरहेको जानकारी गराउन चाहन्छौ । अहिलेको यस मुख्य दायित्वका आलावा आम युवा सरोकार र चासोका बिषयहरु पनि सम्बोधन गर्ने उदेश्य प्रतिहाम्रो संगठन कृयाशिल रहिआएको छ ।
अहिलेको समयलाई सूचना प्रविधिको युग भनिन्छ अनि यी दुवैको प्रयोग हुने उत्तम माध्यम भनेको सिनेमा । हजारौं शब्दले भन्नुपर्ने कुरालाई सिनेमाले सेकेन्डभरको एक दृश्यले अभिव्यक्त गर्छ । सिनेमाको यही सामथ्र्थलाई सम्मान गर्दै राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित‘म केही गर्छु’शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्न गइरहेको जानकारी गराउन चाहान्छौँ । प्रतियोगिता NYF SHORT MOVIE COMPETTION-2078नाममा सञ्चालन हुनेछ । लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडक्टिभ इंगेजमेन्टसँगै युवाको प्रतिभा पहिचान,प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्य सहित हुन लागेको यो प्रतियोगितामा जोकोही नेपालीले पनि सहभागिता जनाउन सक्नेछन् ।
युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्रनिर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोच सहित हुन लागेको यो प्रतियोगितामा इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जनआदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेट सम्मको फिल्म बनाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले सर्वप्रथम ‘म केही गर्छु’ भन्ने विषयमा केन्द्रित रही स्क्रिप्ट बुझाउनु पर्नेछ र सहभागीले असार २५ सम्ममा स्क्रिप्ट हाम्रो ठेगानामा पठाइसक्नु पर्नेछ । यसरी सहभागिताकालागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ । जसअनुसार पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्नेछन् ।
राष्ट्रिय युवा संघ नेपाल मुख्यआयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सहआयोजक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्नेछ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड,युवा तथा साना व्यवसायी स्वरोजगार,अफरिङ ह्याप्पीनेस,BEING HUMAN-CLOTHING NEPAL र प्रमोटर्स नेपालको सहयोग रहनेछ । आवेदन तथा प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी यहाँहरुले ९८६०००६२२७ माफोन गरेर पनि लिन सक्नु हुनेछ ।

किरण पौडेल
अध्यक्ष
राष्ट्रिय युवा संघ

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology