• Thursday 30th of July 2026

पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग


  • गोकर्णेश्वर अनलाइन

अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गर्नुभएको हो ।

गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको सङ्घले जनाएको छ । सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न, छानबिनलाई कडाइ गर्न, शङ्का लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि सङ्घले सबैलाई अनुरोध गरेको छ । साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि सङ्घले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology