• Saturday 25th of July 2026

फुटबलको बन्द प्रशिक्षण एक सातापछि


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक सातापछि शुरु हुने भएको छ । आजदेखि प्रारम्भ हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गर्नुभएको हो ।

प्राविधिक कारणले आजदेखि हुने भनिएको प्रशिक्षण एक साता स्थगन गरिएको एन्फाले जनाएको छ । प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । प्रशिक्षण दुई चरणमा हुनेछ । एउटा टोलीले बिहान तथा अर्को टोलीले अपराह्न अभ्यास गर्ने छ । बन्द प्रशिक्षणका लागि अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ छनोट हुनुभएको छ ।

यसैगरी अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, नीरज बस्नेत र निशान खड्का पनि बन्द प्रशिक्षणका लागि छनोटमा पर्नुभएको छ ।

यस्तै छनोट गरिएका अन्य खेलाडीमा नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहनुभएको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology