• Wednesday 29th of July 2026

इराकमा भीषण बम विस्फोट, कम्तीमा २८ जनाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

५ साउन (रासस÷सिन्ह्वा) इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँ गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएकोे छ । बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ्र । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

इराकका प्रधानमन्त्री मुस्ताफा अल काद्हिमी सुरक्षा र गुप्तचर निकायका अधिकारीहरुसँग यस भीषण आक्रमणको विषयमा छलफल शुरु गर्नुभएको सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिमा काद्हिमी आक्रमणका पीडित परिवारलाई सहयोग गर्ने र आतंककारीहरूको खोजी गर्ने वाचा गर्नु भएको छ ।

इराकी राष्ट्रपति बारहम सलिहले एउटा ट्वीटमार्फत ईद अल–अधाको पूर्वसन्ध्या भएको यस घटनालाई एउटा जघन्य अपराध र क्रूरता गर्नु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology