• Wednesday 29th of July 2026

सवारी साधन व्यवस्थापन गर्न ट्राफिक सचेतना


  • गोकर्णेश्वर अनलाइन

चाडबार्डका बेला यहाँका यातायात व्यवसायीले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । अन्य समयभन्दा चाडबाडका बेला सवारी दुर्घटना बढी हुने गरेकोले चालक, सहचालक र सरोकार व्यक्तिलाई लक्ष गर्दै यो कार्यक्रम गरिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिनुभयो । उहाँले सम्पूर्ण चालकलाई आफ्नो सवारीसाधन जाँच गरेर मात्रै सञ्चालन गर्न आग्रह गर्नुभयो ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरूषोत्तम कँडेलले सवारी चालकलाई सावधानीपूर्वक सवारी साधान चलाउन लागि आग्रह गर्नुभयो ।उहाँले चाडपर्वका बेला सम्भावित दुर्घटना हुन नदिन सवारी साधन चलाउनु अघि तिनको अवस्था जाँच गर्न सुझाव दिनुभयो । कार्यक्रममा सहभागीहरूले ट्राफिक प्रहरीले चिट मात्रै नकाटेर सवारी साधनको अवस्था तथा यात्रुको चाप नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरणका उपायबारे बेलाबखत जानकारी गराउनुपर्नेमा सुझाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology